शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टोरेसको ह्याट्रिकमा म्यानचेस्टर सिटी विजयी

शनिबार, ०१ जेठ २०७८, ०९ : २७
शनिबार, ०१ जेठ २०७८

फेर्रान टोरेसले ह्याट्रिक गरेको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई ४–३ ले हराएको छ । टोरेस पेप गार्डीओलाको प्रशिक्षणकालमा सिटीबाट सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडी हुन् ।

२१ वर्ष ७५ दिनमा उनले ह्याट्रिक गरे । यसअघि ग्राबियल जेससले २१ वर्ष २ सय १८ दिनमा ह्याट्रिक गरेका थिए । खेलमा अग्रता भने न्युक्यासलले लिएको थियो । २५ औं मिनेटमा इमिल काफ्ट्थले न्युक्यासललाई अघि बढाए । ३९ औं मिनेटमा जाओ क्यान्सेलोले सिटीलाई बराबरीमा फर्काए । त्यसपछि टोरेसले ४२ औं मिनेटमा अग्रता दिलाए ।

इन्जुरी समयमा जोलिनटनले गोल गर्दा न्युक्यासल बराबरीको अवस्थामा फर्कियो । ६२ मिनेटमा जोसेफ विललकले फेरि न्युक्यासललाई ३२ ले अघि बढाए । ६६ यसपछि ६४ र ६६ मिनेटमा दुई गोल गर्दै टोरेसले ह्याट्रिक पूरा गरे ।

लिग उपाधि जितिसकेको सिटीले यस जीतपछि ३६ खेलबाट आफ्नो अंकसंख्या ८३ पु¥याएको छ । ३६ खेलबाटै ३९ अंक बटुलेको न्युक्यासल १६ औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप