शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

अस्पताल र अक्सिजन उद्योगमा विद्युत् जान नदिन नयाँ फिडर जडान

शनिबार, ०१ जेठ २०७८, ०६ : १५
शनिबार, ०१ जेठ २०७८

 नेपाल विद्युत प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरु र अस्पतालहरुलाई चौबिसै घण्टा विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरेको छ । प्राधिकरणले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । अस्पताल र अक्सिजन उद्योगको संवेदनशीलतालाई ख्याल गर्दै विद्युत निर्वाद आपूर्तिका लागि वैकल्पिक फिडरसमेत तयार गरिएको छ ।

अक्सिजन उद्योगहरु रहेका ककनी, हरिसिद्धि, बुटवल, सिमरा, जनकपुर, विराटनगरलगायतका स्थानमा नयाँ वैकल्पिक फिडरहरु जडान गरिएको छ ।

कोभिड—१९को दोस्रो लहर देखिनासाथ अक्सिजन उद्योग तथा अस्पतालहरुमा विद्युत् आपूर्ति हुने फिडरहरुको पहिचाहन गरी समस्या आउन नदिन आवश्यक व्यवस्था गर्न देशभरका वितरण केन्द्रहरुलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

साथै सम्बन्धित वितरण केन्द्रहरुले सोहीअनुसार प्रवन्ध गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । उनले अहिले अस्पताल र अक्सिजन उद्योगहरुमा विद्युत् आपूर्तिको समस्या नरहेको उल्लेख गरे ।

अक्सिजन उद्योग तथा अस्पतालहरुमा निर्वाद विद्युत आपूर्तिको लागि बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेको संयोजकत्वमा सहायता कार्यदल गठन गरिएको छ ।

‘अस्पताल तथा अक्सिजन उद्योगमा विद्युत् आपूर्तिमा समस्या आउन नदिन हरसम्भव उपाय अपनाएका छौं, कथंकदाचित समस्या आएमा त्यसको तत्काल जानकारी दिन प्राधिकरणले आग्रह गरेको छ ।

अनुगमनका लागि कार्यकारी निर्देशक,उद्योगका पदाधिकारीहरु, कार्यदलका संयोजक, सम्बन्धित वितरण केन्द्रका प्रमुखहरुसहितको भाइबर,ह्वाट्सएप ग्रुप संचालनमा ल्याइएको छ,’शाक्यले भने।

अस्पताल तथा अस्सिजन उद्योगसँग सम्बन्धित विद्युत प्राविधिकहरुलाई उक्त ग्रुपमा जोडिन आग्रह गरिएको छ । आफ्नो अस्पताल वा उद्योगमा विद्युतको समस्या आउनासाथ तत्काल खबर गर्न आग्रह गरिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप