नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या केही कम हुन थाल्यो
नेपालमा नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या केही कम हुन थालेको छ । एकै दिन नौ हजारभन्दा बढी सङ्क्रमित फेला पर्ने गरेकोमा शुक्रबार देशभर आठ हजार ५२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशका अधिकांश भागमा लगाइएको निषेधाज्ञा र स्वास्थ्य मापदण्डमा गरिएको कडाइले कोरोना सङ्क्रमण थप वृद्धि नहुने देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ९४८ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको थियो । पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ हजार ४६७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५३ जना सङ्क्रमित थपिएका हुन् । यस्तै वितेको २४ घण्टामा थप २०३ जना सङ्क्रमितको मृत्यु भएको छ । अघिल्लो दिन २१४ जना सङ्क्रमितको मृत्यु भएको थियो । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार हजार ६६९ पुगेको छ ।
अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार ३३६ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट छ हजार १३५ जना सङ्क्रमित निको भएका छन् । योसहित हालसम्म कोरोना निको हुनेको सङ्ख्या तीन लाख २७ हजार ६५३ पुगेको छ । निको हुने दर कूल सङ्क्रमितको ७४ दशमलब ५ प्रतिशत हो ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल