केन्द्रीय संस्करण

संकट समाधानका लागि तत्काल ‘कोभिड फोकस’ कार्यक्रम ल्याउँदैछौ : सञ्चारमन्त्री गुरुङ

person explore access_timeबैशाख ३१, २०७८ chat_bubble_outline0

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड संकट समाधानका लागि एकतावद्ध भएर अघि बढन सबैलाई आह्वान गरेका छन् । शुक्रबार सपथग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका उनले कोभिड संकटले जनतालाई प्रताडित तुल्याएको उल्लेख गर्दै ती समस्या समाधानमा केन्द्रित भएर लाग्न सबै राजनीतिक दल, नागरिक समाज, सामाजिक अभियन्ता, संघ–संस्था, उद्योगी व्यवसायी सबैलाई आग्रह गरेका हुन् । त्यस अवसरमा मन्त्री गुरुङले कोभिडले ल्याएको संकट समाधानका लागि ‘कोभिड फोकस’ कार्यक्रम तत्काल ल्याई कार्यान्वयनमा लैजाने प्रतिवद्धता समेत व्यत्त गरे । “कोभिडका कारण सर्वसाधारणले ज्यान गुमाउनु परेको छ, संक्रमणको प्रताडना व्यहोर्नु परिरहेको छ,” मन्त्री गुरुङले भने, “त्यसो हुन नदिन मन्त्रालयले कोभिड फोकस कार्यक्रम तत्काल घोषणा गरी कार्यान्वयन गर्नेछ ।” उनले मन्त्रालय मातहतका सबै निकायलाई कोभिड संकट समाधानमा केन्द्रित भएर काम गर्न पनि उनले सचेत गराए ।

पदभार ग्रहण गर्दै उनले ‘एन टीभी समृद्धि यात्रा’ कार्यक्रम पनि स्वीकृत गरेका छन् । समृद्ध नेपाल : सुुःखी नेपालीको राष्ट्रिय सङ्कल्पलाई पूरा हने गरी एन टिभीबाट कार्यक्रम प्रशारण गर्न सो कार्यक्रम स्वीकृत गरिएको मन्त्री गुरुङले स्पष्ट पारे । 

सो अवसरमा मन्त्रालयका सचिव सचिव हरिप्रसाद बस्यालले मन्त्री गुरुङको सबल नेतृत्वमा आफूहरुको मन्त्रालयको कामलाई अघि बढाइरहेको उल्लेख गर्दै मन्त्रालयलाई नमुना योग्य मन्त्रालयको रुपमा विकास गर्न सकिने विश्वास व्यक्त गरे ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.