मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा तीन हप्ताका लागि निषेधाज्ञा थप

शुक्रबार, ३१ वैशाख २०७८, २३ : ३१
शुक्रबार, ३१ वैशाख २०७८

सिरहा । सिरहामा आज राति १२ बजेबाट लागू हुनेगरी तीन साताका लागि निषेधाज्ञा थप गरिएको छ । बिहीबार बसेको डीसीसीएमसीको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर लगायत बन्द रहने जनाइएको छ । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधन भने सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ६ बजेदेखि साढे ९ बजेसम्म मात्रै खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ ।

अहिलेसम्म सिरहामा ३ सय ५४ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये ४६ जना निको भइसकेका छन् भने २० जनाको मृत्यु भइसकेको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप