जेठ २ मा फर्किएर समस्या समाधान खोज्ने सहमति भयो: गोकर्ण विष्ट
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच २०७५ जेठ २ मा फर्किएर पार्टीभित्र देखापरेका समस्याको समाधान खोज्ने सहमति भएको छ । शुक्रबार साँझ सिंहदरबारमा भएको छलफलमा नेताहरुबीच उक्त सहमति भएको हो । एमाले नेता गोकर्ण विष्टले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसहित अन्य नेताहरुबीचको छलफलमा सो सहमति भएको बताएका छन् ।
नेता विष्टले छलफल सकिएलगत्तै सामाजिक सञ्जालमार्फत नेताहरुबीचको छलफलमा २०७५ जेठ २ मा फर्किएर पार्टीभित्र देखापरेका समस्याको समाधान खोज्ने सहमति भएको जनाएका छन् । विष्टले लेखेका छन्- ‘पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधवकुमार नेपालसहित अन्य नेताहरुबीचको आजको छलफलमा २०७५ जेठ २ मा फर्किएर पार्टीभित्र देखापरेका समस्याको समाधान खोज्ने सहमति भयो ।’ झण्डै तीन घण्टा बसेको बैठकमा माधव पक्षले तीन एजेण्डा पेश गरेका थिए । माधव पक्षका एजेण्डामा ओली पनि सकारात्मक रहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ, ९२ जना अधिकृत सहभागी
-
थुनामा रहेका भुटानी शरणार्थीलाई देश निकाला नगरी वैशाख ११ गते इजलासमा पेस गर्नू : सर्वोच्च अदालत
-
दुई वर्षका लागि सम्झौता नविकरण गरे लिभरपुलका कप्तानले
-
काठमाडौँ विश्वविद्यालयसँग सहमतिपछि अखिल क्रान्तिकारीको आन्दोलन फिर्ता
-
रामबहादुर बमजनले पाए सफाइ
-
श्रीमानकै योजनामा चुनुकुमारीको हत्या, धरानको जंगलमा भेटिएको थियो शव