जनतालाई कोरोनामुक्त गर्न ध्यान दिऔँ : उपप्रधानमन्त्री पोखरेल
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनतालाई कोरोनामुक्त गर्न सरकारले ध्यान केन्द्रित गर्ने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्दै उनले सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रित हुने बताएका हुन् ।
‘‘अब हामी कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रित हुन्छौं’’, कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) का संयोजक पोखरेलले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा कोरोना संकटबाट जनतालाई मुक्त गर्न सरकार केन्द्रित हुने कुरामा जोड दिनुभएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले यो अभियानमा साथ दिन सम्पूर्ण नेपालीलाई आह्वान पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर गोल्डकपको हिसाब किताब गोलमाल
-
मकवानपुर महिला गोल्डकप : ८ क्लब सहभागी हुने
-
एनएसएलमा ‘लाखे’ को फाइनलसम्मको यात्रा, तस्बिरहरू
-
राप्रपाका प्रदर्शनकारी बिजुलीबजारमा भेला हुने, पार्टी कार्यालयमा रणनीतिक बैठक
-
राप्रपाको आइतबारको आन्दोलनमा जगमान नेतृत्वको समितिको साथ
-
रातोपाटीकर्मी आचार्यलाई बार एसोसिएसनको सम्मान