शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मनसुनजन्य जोखिम व्यवस्थापनको पूर्वतयारी गर्ने गृहमन्त्रीको निर्णय

शुक्रबार, ३१ वैशाख २०७८, २२ : १७
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौं । गृहमन्त्रीको रुपमा तेस्रोपटक पदभार समालेका रामबहादुर थापा ‘बादल’ले मनसुनले निम्त्याउने जोखिम न्यूनिकरणका लागि पूर्वत तयारी गर्ने निर्णय गरेका छन् । नजिकिँदै गरेको मनसुनजन्य विपदको जोखिम न्यूनिकरण, पूर्वतयारी र व्यवस्थापन गरेर क्षति न्युनिकरण गर्ने निर्णयमा बादलले शुक्रवार हस्ताक्षर गरेका हुन् ।

राष्ट्रिय विपद प्रतिकार्यका लागि गृहमन्त्रीले सहयोगी निकायसँग वर्तमान महामारीको प्रतिकार्य र मनसुनजन्य विपदको जोखिम न्यूनिकरण र पूर्व तयारीका लागि सहकार्य गर्न सकिने प्रस्ताव पारित गरेका छन् । प्रस्ताव पारित भएसँगै संयुक्त राष्ट्रसंघीय आवासीय मानवीय संयोजकको कार्यालयमा सहयोगका लागि पत्र लेख्न राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहज भएको छ ।  

मनसुनजन्य विपदमा अन्तर्राष्ट्रिय सहायता आह्वान गर्ने प्रस्तावमा पनि गृहमन्त्रीले हस्ताक्षर गरेका छन् । सो प्रस्ताव अर्थ मन्त्रालयमा पठाइनेछ । अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णयमा पनि हस्ताक्षर गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । यसबारे जारी अध्यादेशको समय जेठ २१ मा सकिने हुनाले नयाँ सूचना जारी गर्न लागिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप