आर्यघाटमा दाह संस्कारमा खटिएकालाई प्रति शव १ हजार रुपैयाँ भत्ता दिने मन्त्रीको निर्णय
शुक्रबार, ३१ वैशाख २०७८, २१ : ०६
१
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले शुक्रबार पदभार ग्रहण गरेका छन् । उनले आजै शीतल निवासमा पर्यटनमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।
मन्त्री ढकालले पशुपति आर्याघाटमा कोभिड १९ का संक्रमितको शवको दाहसंस्कार कार्यमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन स्वरूप प्रति शव एक हजार रूपैयाँ भत्ता दिने निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका हुन् ।
उनले पर्यटन क्षेत्रको उद्धार र राहतका लागि विशेष ध्यान पुग्ने गरी नीति र बजेट तर्जुमा गर्न कर्मचारीहरूलाई निर्देशन पनि दिए । सो अवसरमा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मन्त्रालयमा भैरहेको गतिबिधिको बारेमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल
-
मुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल
-
हङकङसँग पनि हार्यो नेपाल
-
आर्थिक–सामाजिक रूपान्तरणमा एमालेका १३ प्राथमिकता