
विराटनगरबाट काठमाडौं ल्याइयो ३ सय ५९ वटा अक्सिजन सिलिन्डर

काठमाडौं । काठमाडौंमा अक्सिजन हाहाकार भएपछि विराटनगरबाट काठमाडौंमा अक्सिजनको सिलिन्डर ल्याइएको छ । बिहीबार र शुक्रवार साँझसम्म नेपाली सेनाको ‘कासा’ एयरक्राफ्ट र ट्रकमार्फत ३ सय ५९ वटा सिलिन्डर काठमाडौं ल्याइएको हो ।
गृह मन्त्रालयको संयोजनमा सेनाको कासा एयरक्राफ्टले शुक्रवार ५९ वटा सिलिन्डर काठमाडौंमा ल्याएको छ । बिहिबार गाडीबाट २ सय ४९ वटा र एयरक्राफ्ट मार्फत ६० वटा सिलिन्डर विराटनगरबाट काठमाडौं ल्याइएको सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।
काठमाडौंमा ल्याएको सिलिन्डर स्वास्थ्य मन्त्रालयमा केन्द्रित गरेर अस्पतालको आवश्यकताअनुसार वितरण गर्ने गरिएको छ । कोरोना संक्रमितको उपचारका लागि अमृत समान मानिएको अक्सिजन वितरणमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अस्पतालहरूका लागि कोटा तोकेर वितरण गरिरहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ