बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा थपिए ४ सय कोरोनाका संक्रमित

शुक्रबार, ३१ वैशाख २०७८, १९ : १०
शुक्रबार, ३१ वैशाख २०७८

सुर्खेत। कर्णाली प्रदेशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार नाघेको छ । हाल प्रदेशका अस्पताल, आइसोलेसन र होम आइसोलेसन गरी ५ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा पीसिआर विधिबाट गरिएको परीक्षणमा २१९ र एन्टिजेन विधिबाट १८२ जना गरी ४०१ जनामा संक्रमण पुष्टि भएको छ । यसै गरी पछिल्लो २४ घन्टामा २३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै कुल संक्रमितमध्ये हालसम्म ९ हजार ६५० जना उपचार पछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कर्णाली प्रदेशमा हालसम्म १३४ जनाको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप