ओली र नेपालसहितका नेताहरुबीच सिंहदरबारमा छलफल सुरु
शुक्रबार, ३१ वैशाख २०७८, ०७ : ००
१

काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल सुरु भएको छ । दुई नेताले अन्य नेताहरुलाई समेत सँगै राखेर छलफल गर्न लागेकाले दुवै पक्षका अन्य नेताहरु पनि सहभागी भएका छन् ।
छलफलका लागि ६ बजेको समय तय भएपनि प्रधानमन्त्री ओली पौने ७ बजेमात्र सिंहदरबार पुगेपछि छलफल सुरु भएको हो । छलफलमा ओली पक्षबाट ओलीसहित नेता ईश्वर पोखरेल विष्णु पौडेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादल छन् । त्यसैगरी माधव पक्षबाट माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?