गण्डकीमा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशमा थप ६८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कास्कीमा ३०६ जनासहित प्रदेशका विभिन्न जिल्लाहरुमा ६८० जनामा संक्रमण देखिएको हो । प्रदेशका जिल्लामध्ये सबैभन्दा धेरै कास्कीमा ३०६ जना र अन्य जिल्लाका ३७४ गरी ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशका स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार पोखरास्थित लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालिमा गरिएको प्रयोगशाला परिक्षणमा ९३ जना, प्रदेश जनस्वास्थ्य प्रयोगशाला ४३३ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १९ सहित ६८० जनामा संक्रमण भेटिएको हो ।
संक्रमण पुष्टि हुनेमा कास्कीका ३०६ जना, नवलपरासी पूर्वका ८७, म्याग्दीका ५२, तनहुँका २७, पर्वतका ६१, स्याङजामा २३, लमजुङमा ४६, गोर्खामा ७४ र बागलुङका ४ जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६ हजार ६३३ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी