शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा ओलीलाई कुर्दै माधव पक्षका नेताहरु

शुक्रबार, ३१ वैशाख २०७८, १० : ००
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौं । पार्टी विवादबारे छलफल गर्न एमाले नेताहरु सिंहदरबार पुगेका छन् । छलफलका लागि ६ बजेको समय तय भएकाले सो समयमा माधव पक्षका नेताहरु बैठकस्थल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगे पनि प्रधानमन्त्री ओली पुगिसकेका छैनन् ।

ओली पक्षका नेता ईश्वर पोखरेल विष्णु पौडेल, सुवास नेम्वाङ र रामबहादुर थापा बैठकस्थल पुगेका छन् । नेताहरु माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त बैठकस्थलमा पुगिसकेका छन् ।  आजको छलफलमा कार्यदललाई पूर्णता दिने र टिओआरको टुंगो लगाउने बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप