शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रिचार्जरले माग्यो सेवाग्राहीहरुसँग क्षमा याचना

शुक्रबार, ३१ वैशाख २०७८, १८ : ११
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौं । इ कमर्श प्लेटफर्म रिचार्जरले प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएकोमा सेवाग्राहीसँग क्षमा याचना मागेको छ । रिचार्जरले शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सम्म ह्यापी आवरमा ९९९ रुपैंयामा अक्सिमिटर उपलब्ध गराउने घोषणा गरेको थियो । 

जसका कारण रिचार्जरको मोबाइल एप तथा वेब पोर्टलमा एकै समयमा लाखौंको संख्यामा आएको ट्राफिकका कारण एप तथा पोर्टल तत्कालका लागि अवरुद्ध हुन पुगेको छ । यसबाट आम सेवाग्राहीमा पर्न गएको असुविधाप्रति रिचार्जरले माफी मागेको छ ।

दुवै प्लेटफर्ममा देखिएको समस्या निराकरणको काम भइरहेको बताउँदै ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अ लाइभ ग्लाइडरले सेवाग्राहीसँग क्षमा याचना मागेका छन् ।  एप सुचारु भए पछि पूर्वनिर्धारित मूल्यमा नै अक्सिमिटर उपलब्ध गराउने उनले जानकारी दिए । उनका अनुसार शुक्रबार ५ घण्टाका लागि मात्र बुकिङ तथा अर्डर लिने व्यवस्था गरिएकोमा एप सुचारु भए पछि सामान्य अवस्थामा पनि सोही मूल्यमा अक्सिमिटरका साथै अन्य कोभिड सम्बन्धि वस्तु तथा उपकरण उपलब्ध गराइने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप