शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा सर्वाधिक २ हजार ४५८ संक्रमित थपिए

शुक्रबार, ३१ वैशाख २०७८, १८ : ०८
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौँ जिल्लामा देशभरकै सर्वाधिक २ हजार ४५८ संक्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ५५६, भक्तपुरमा ३३५, रुपन्देहीमा ५२२ र मोरङमा ४३४ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ ।

यही अवधिमा ६ हजार १३५ जना निको भएका छन् । नेपालमा संक्रमितमध्ये ३ लाख २ठ हजार ६५३ निको भएका छन् ।

त्यस्तै २ सय ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ४ हजार ६६९ जनाको मृत्यु भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप