काँग्रेस जिल्ला पार्टी कार्यालयमा आइसोलेसन कक्ष
डडेल्धुरा । नेपाली काँग्रेस जिल्ला कार्यसमिति डडेलधुराले गठन गरेको सेवा दलले पार्टी कार्यालय किसुनजी भवनमा आइसोलेसन निर्माण गरेको छ । कूल १३ शय्याको आइसोलेसन बनाइरहेको सेवा दलका सदस्य राम विष्टले जानकारी दिए । कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै डडेल्धुरा अस्पताल सङ्क्रमितले भरिएपछि पार्टी कार्यालयमा आइसोलेसन बनाइरहेको उनले बताए ।
आइसोलेसन निर्माणपश्चात् उक्त स्थानमा अक्सिजन व्यवस्थापन गरिने जनाइएको छ । विशेषगरी गाउँघर तथा सदरमुकाम पुगेर बस्न समस्या भएकालाई निर्माण गरिएको आइसोलेसनमा राखिने कांग्रेस डडेल्धुराका पार्टी सभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले बताए । कोरोना सङ्क्रमणको पहिलो लहर फैलिएका बेला सोही सेवा दलले गत वर्ष लकडाउनमा अलपत्र परेका करिब १० हजार जनालाई निःशुल्क खाना खुवाएको थियो । त्यस्तै जिल्लाका स्थानीय तहमा स्वास्थ्य सुरक्षाका सामग्री मास्क, स्यानिटाइजर, ग्लोब्स्जस्ता सामग्री सेवा दलले वितरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरलाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने