बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मृत्युको अफवाह सुनेर हास्न थाले परेश रावलः भन्छन्, ‘म ठिक छु, चिन्ता लिनुपर्दैन’

शुक्रबार, ३१ वैशाख २०७८, १६ : ४०
शुक्रबार, ३१ वैशाख २०७८

कोरोना कालमा कोही संसारबाट बिदा हुनु साधारण जस्तो भइसकेको छ । हरेक दिन कोही न कोहीको मृत्युको खबरले मन उदास हुने गर्छ । यसै कोरोना कालमा मृत्युको अफवाह पनि ट्रेन्डमा छ । केही दिन अघि शक्तिमान फेम मुकेश खन्नाको मृत्युको अफवाह उडेको थियो । यसै गरी शुक्रबार बिहान बलिउड दिग्गज परेश रावलको मृत्युको खबरले पनि निकै चर्चा पायो । सोसल मिडियामा परे रावलको मृत्युको खबर ट्रेन्ड हुन थाल्यो तर यो खबर एक अफवाह मात्रै हो ।

अफवाहमाथि हास्दै नायकले भने यस्तोः

परेश रावल फिल्म इन्डष्ट्रिमा एउटा ठूलो नाम हो । उनको निधनको खबर चर्चामा आएपछि उनीसँग काम गर्ने थुप्रै कलाकारसमेत प्रशंसक पनि चिन्तित भए । एक भारतीय सञ्चार माध्यमले परेश रावललाई ‘तपाईंको मृत्युको अफवाह उडिरहेको छ त’ भनेर प्रश्न सोध्दा उनी बेस्सरी हास्न थाले । परेश भन्छन्, ‘होइन...होइन... धन्यवाद तपाईंको शुभकामनाका लागि । तर सबैलाई भन्न चाहन्छु कि म ठिक छु र चिन्ता गर्नुपर्ने आवश्यक छैन ।’

स्मरण रहोस्, मार्च महिनामा परेश कोरोना पोजेटिभ पाइएका थिए । उनले ट्वीटरमा पछिल्लो १० दिनमा उनीसँगको सम्पर्कमा आउने सबैलाई आफ्नो कोरोना परीक्षण गराउन आह्वान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप