मकवानपुरमा थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा शुक्रबार थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १ सय ४३ जनाको स्वाबको नमुना परीक्षण गर्दा ४५ जना महिला र ५५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा बाहिरी जिल्लाका २ जनासहित कैलाश गाउँपालिकाका १ जना, बकैया गाउँपालिकाका २ जना, मकवानपुरगढी गाउँपालिकाका ३ जना, र हेटौंडा उपमहानगरपालिकाका १ सय १ जनामा रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।
त्यस्तै संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ का १० जना महिला र १३ जना पुरुष गरी २३ जना रहेका छन् । वडा गत रुपमा हेटाँैडा–१ का ८ जना, हेटौँडा–२ का ६ जना, हेटाँैडा–४ का ७ जना, हेटौँडा–६ का ३ जना, हेटौँडा–७ का ४ जना, हेटौँडा–८ का ६ जना, हेटौँडा–९ का १३ जना, हेटौँडा–१० का ६ जना, हेटौँडा–११ का ८ जना, हेटौँडा–१५ का ४ जना, हेटौँडा–१७ का २ जना, हेटौँडा–१८ का ३ जना, हेटाँैडा–१९ का १ जना र हेटौँडा वडा खुल्न नसकेका ७ जनामा संक्रमण पुष्टि भएको छ । मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर ७६ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप