मोरङमा दश दिन थपियो निषेधाज्ञा

विराटनगर । मोरङ जिल्लामा निषेधाज्ञा दश दिन थपिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार जेठ २ गतेबाट लागू हुनेगरी दश दिन निषेधाज्ञा थप गरिएको हो । जेठ ११ गतेसम्म रहने निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय भएको उनले बताए । निषेधाज्ञा अवधिमा सरकारले सञ्चालन गरेका बाहेक निजी क्षेत्रले सञ्चालन गरेको भौतिक निर्माणलाई रोक लगाइएको छ । भौतिक निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीको ढुवानीका लागि पनि बिहान १० बजेसम्मको मात्रै समय तोकिएको छ ।
प्रशासनले उद्योग क्षेत्रमा पनि कडाई गर्ने निर्णय गरेको छ । यस अघि औद्योगिक मजदूरलाई घरबाट उद्योगसम्म जान छुट थियो । तर अब भने घरबाट उद्योग जान नदिने निर्णय भएको छ । उद्योगकै आवास गृहमा रहेका मजदूर प्रयोग गरेर उद्योग सञ्चालन गर्न पाइनेछ । सङ्क्रमण बढेकाले बाहिरी मजदूरको आवत–जावत रोक्ने निर्णय भएको उनले बताए।
सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको छ । बजार क्षेत्र पनि बन्द रहनेछ । बैंकको सेवा व्यवस्थापनका लागि राष्ट्र बैंकसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । उनकाअनुसार बैङ्कलाई अनलाइन कारोबार गर्नका लागि आग्रह गरिएको छ । प्रशासनले खाद्यान्न सागसब्जी, दूधलगायत अत्यावश्यक बस्तुको बिक्रीका लागि बिहान १० बजेसम्मको समय तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का
-
भारतमा पाकिस्तानी कलाकारहरूमाथि प्रतिबन्ध लगाइएकोमा जावेद अख्तरले के भने ?
-
पाकिस्तानका रक्षामन्त्रीको एक्स खाता भारतमा ब्लक