चीनद्वारा उत्तर कोरियालाई प्रशोधित इन्धन सहयोग
शुक्रबार, ३१ वैशाख २०७८, १५ : ३१

सियोल । चीनले उत्तर कोरियालाई गत मार्च महिनामा करिब पाँच सय ८७ टन प्रशोधित इन्धन उपलब्ध गराएको राष्ट्रसंघले जनाएको छ । उत्तर कोरिया मामिला सम्बन्धी राष्ट्रसंघीय समितिका अनुसार मार्च महिनामा चीनले चार हजार ८९३ ब्यारेल तेल उपलब्ध गराएको छ ।
गत वर्ष सेप्टेम्बरमा प्रकाशित प्रतिवेदन प्रकाशन गरेयता चीनले उत्तर कोरियालाई मासिक इन्धन निकासीका बारेमा जानकारी गराएको छैन । उत्तर कोरियातर्फ मार्चमा चीनले निकासी गरेको इन्धन वर्षको एक प्रतिशत मात्र हो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सन् २०१७ को प्रस्तावमा उत्तर कोरियाले वार्षिक पाँच लाख ब्यारेल अर्थात् ६० देखि ६५ हजार टन प्रशोधित इन्धन आयात गर्न पाउँछ । -योनहाप
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको ७६ औँ वर्षगाँठ : विशेष कार्यक्रम गर्दै एमाले
-
लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्ड बैठक बस्ने
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)