चीनद्वारा उत्तर कोरियालाई प्रशोधित इन्धन सहयोग

person explore access_timeबैशाख ३१, २०७८ chat_bubble_outline0

सियोल । चीनले उत्तर कोरियालाई गत मार्च महिनामा करिब पाँच सय ८७ टन प्रशोधित इन्धन उपलब्ध गराएको राष्ट्रसंघले जनाएको छ ।  उत्तर कोरिया मामिला सम्बन्धी राष्ट्रसंघीय समितिका अनुसार मार्च महिनामा चीनले चार हजार ८९३ ब्यारेल तेल उपलब्ध गराएको छ । 


गत वर्ष सेप्टेम्बरमा प्रकाशित प्रतिवेदन प्रकाशन गरेयता चीनले उत्तर कोरियालाई मासिक इन्धन निकासीका बारेमा जानकारी गराएको छैन । उत्तर कोरियातर्फ मार्चमा चीनले निकासी गरेको इन्धन वर्षको एक प्रतिशत मात्र हो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सन् २०१७ को प्रस्तावमा उत्तर कोरियाले वार्षिक पाँच लाख ब्यारेल अर्थात् ६० देखि ६५ हजार टन प्रशोधित इन्धन आयात गर्न पाउँछ ।  -योनहाप





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।