अक्सिजनको आवश्यकता परे यी नम्बरमा फोन गरौं
शुक्रबार, ३१ वैशाख २०७८, १५ : २५
काठमाडौँ । अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणहरूका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हटलाइन नम्बर सार्वजनिक गरेको छ । अक्सिजन आपूर्ति सहजीकरणका लागि मन्त्रालयले दुईवटा मोबाइल हटलाइन नम्बर सार्वजनिक गरेको हो ।
मन्त्रालयले अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणलाई ९८५१३१०५८१ र ९८५१३१०५८४ नम्बरको व्यवस्था गरिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । शुक्रबार बसेको सचिवस्तरीय बैठकले कोरोना संक्रमितहरुको उपचार गराइरहेका अस्पतालहरुले फोन गरेमा सहज आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले सहजीकरण गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे