सपथ खाँदा प्रधानमन्त्रीले राष्ट्रपतिलाई सिकाए – त्यो पर्दैन !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । शुक्रबार सपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेनन् ।
‘म.. मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु...’ भन्नुपर्नेमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द नै उच्चारण गरेनन् । राष्ट्रपति भण्डारीले दोहो-याएर ‘प्रतिज्ञा गर्छु’ भनेर ओलीलाई ती शब्द उच्चारण गर्न संकेत गरेपछि ओलीले राष्ट्रपतिलाई नै सिकाउँदै भने, ‘त्यो पर्दैन ।’
प्रधानमन्त्रीको कुरो सुनेर राष्ट्रपति हल्का हाँसिन् । सरकार प्रमुखले खाने सपथ ग्रहणको भाषामा नै देखिएको यस्तो असहमतिको दृश्य अस्वाभाविक जस्तो प्रतीत हुन्थ्यो ।
शुक्रबार शीलतनिवासमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा राज्यमन्त्री विमला बिक भने अनुपस्थित रहिन् । अन्य मन्त्रीहरु पनि सबै पुरानै अनुहार भएकाले सपथमा खासै उत्साह देखिएन ।
कार्यक्रममा सञ्चालकले कोभिडका कारण सपथ ग्रहण छोटो राखिएको र मन्त्रीहरुलाई चियापानको समेत व्यवस्था नरहेको माइकबाटै सूचना सुनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण