अस्पतालमै जन्मदिन मनाएका मदनकृष्णले भने– ‘कोरोना जित्छु भन्ने विश्वास छ’
काठमाडाैं । लोकप्रिय हास्य कलाकार मदनकृष्ण श्रेष्ठले शुक्रबार परेको आफ्नो जन्मदिन मेडिसिटी अस्पतालमै मनाएका छन् । केही समयदेखि उक्त अस्पतालमा कोरोनाको उपचार गराइरहेका श्रेष्ठले जन्मदिन सिमित आफन्त र स्वास्थ्यकर्मीको उपस्थितिमा सेलिब्रेसन गरेका हुन् ।
उनको जन्मदिन मनाउन छोरी सरितासहित परिवारका केही सदस्य अस्पताल पुगेका थिए । तिथिअनुसार मदनकृष्णले अक्षय तृतीयाको दिन परेर जन्मदिन मनाएका हुन् । छोरी सरिनाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै श्रेष्ठको स्वस्थ्यमा सुधार आएको र जन्मदिन मनाएको सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन्– ‘ड्याडीको स्वास्थ्यमा सुधार आएको छ । हामीलाई देखेपछि हाम्रो मन राख्न अझै फूर्ति पनि बढाउनुभयो ।’
अस्पतालमा जन्मदिन मनाएको भिडियो पनि शेयर गरिएको छ । जसमा श्रेष्ठले वर्षको तीनपटक जन्मदिन मनाउने गरेको समेत बताएका छन् । ‘वर्षमा म तीनपटक जन्मदिन मनाउँछु’ श्रेष्ठले भनेका छन्–‘पासपोट, जन्म मितिमा फरक फरक जन्मदिन आएपनि म मुख्य जन्मदिन भने यो अक्षय तृतीयामै मनाउँछु ।’
श्रेष्ठले आफुलाई कोरोना निको हुने विश्वास समेत व्यक्त गरेका श्रेष्ठ भिडियो भने–‘आजबाट कुलङ्गार कोरोना मर्यो ।’ कोरोनालाई जित्न निकै गाहे रहेको बताएका श्रेष्ठले अगाडि थपे–‘कोरोनाले मानिसलाई असाध्यै रुवायो । अब भने देशमा शान्ति होस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब म मुक्कुमलुङ जान्छु : महतो
-
विलियमसनको शतकसामु खेर गयो ब्रिट्ज्केको कीर्तिमानी शतक
-
त्रिविकै नसुध्रिएको पुरानै चाला : कात्तिक २९ मा रिजल्ट आयो, तीन महिनासम्ममा ट्रान्सक्रिप्ट बनेन
-
निकुञ्ज र संरक्षण क्षेत्रमा जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन इप्पानको माग
-
‘लाज शरणम्’ को गीतमा बालेन शाहको स्वर
-
दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड राख्न सुरु