‘महानगरपालिकाको एम्बुलेन्स सेवा दिँदा शुल्क मागे तत्काल कार्वाही हुन्छ’
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना महामारीलाई मध्यनजर गर्दै आफु मातहत सञ्चालनमा रहेको एम्बुलेन्स सेवा निःशुल्क रहेको जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले कोभिड संक्रमित व्यक्तिका लागि १०२ हटलाइन मार्फत अक्सिजनको सेवा सुविधासहित १० वटा एम्बुलेन्स र अन्य बिरामीका लागि ११८० हटलाइन मार्फत निःशुल्क रुपमा एम्बुलेन्स सेवा प्रदान गरिँदै आएको जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ: ‘काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भैरहेको १०२ र ११८० हटलाइनको एम्बुलेन्स सेवा निःशुल्क भएकोले सेवा लिए बापत कुनै पनि शुल्क तिर्नुपर्दैन । शुल्क मागेमा तुरुन्त महानगरपालिकाको हटलाइन ११८० मा खबर गर्नुहुन हार्दिक अपील गर्दछौं ।’ निःशुल्क सेवा दिँदा सेवाग्राहीसँग कुनै प्रकारको शुल्क मागेको पाइएमा तत्काल कार्वाही गरिने समेत विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
-
डिभोर्सको विषय बाहिरिएपछि सुटुक्क अमेरिका उडिन् अरुणिमा
-
अर्घाखाँचीका किसानलाई मौरी वितरण
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा १४ अर्ब भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिको निष्कर्ष
-
छोरीको हुनेवाला श्रीमानसँग भागेकी महिला थानामा
-
काठमाडौँमा थाल ठटाउँदै अर्धनग्न प्रदर्शन (तस्बिरहरू)