कर्णालीमा मृत्युदर बढ्दो, ५ दिनमा ४७ जनाको मृत्यु
कर्णाली प्रदेशमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेकाे संख्या उच्च रहेकाे छ । पछिल्ला केहीदिन यता दैनिक सरदर ५ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ भने एकै दिन १२ जनासम्मको मृत्यु भएकाे छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार बितेको ५ दिनकाे तथ्यांकलाई हेर्दा साे अवधिमा ४७ जनाकाे काेराेनाबाट मृत्यु भएकाे छ। निर्देशनालयका सूचना अधिकारी नाेदनारायण चाैधरीका अनुसार २६ गते आइतबार ८ जनाकाे मृत्यु भएकाे थियो । साे दिनमा प्रदेश अस्पताल सुर्खेतमा मात्र चार, सल्यान हाेम आइसाेलेशन रहेका २ जना, मेहलकुना अस्पताल सुर्खेत १ र दैलेख अस्पतालमा १ जनाकाे काेराेनाबाट मृत्यु भएकाे थियो ।
यस्तै २७ गते साेमबार ५ जनाकाे मृत्यु भएकाे छ । साेही दिनमा पनि प्रदेश अस्पतालमा ३ , १ दैलेख अस्पताल र सल्यानमा हाेम आइसाेलेशनमा १ जनाकाे मृत्यु भएकाे थियो । २८ गते मंगलबारका दिन ९ जनाकाे मृत्यु भएकाे थियो । जसमा ५ जनाकाे प्रदेश अस्पतालमै मृत्यु भएकाे छ । यस्तै कालिकोटमा हाेम आइसाेलेशनमा १, सल्यानबाट बुटवल लैजाँदै गर्दा बाटाेमा एक, सल्यान अस्पतालमा १ र चाैकुने गाउँपालिका ( पश्चिम सुर्खेत ) मा एकजनाकाे हाेम आइसाेलेशनमा मृत्यु भएकाे छ ।
यस्तै २९ गते बुधबार सबैभन्दा धेरै १२ जनाकाे मृत्यु भएकाे छ । जसमा प्रदेश अस्पतालमा मात्र ९ जनाकाे मृत्यु भएकाे थियो । यस्तै मेहलकुना अस्पतालमा १, सल्यानमा हाेम आइसाेलेशनमा १, धनवाङ हेल्थपाेष्ट सल्यानमा १ जनाकाे मृत्यु भयाे ।
बिहीबार १० जनाकाे मृत्यु भएकाे छ । दैलेख अस्पतालमा २, सल्यान अस्पतालमा १, रुकुम पश्चिम अस्पतालमा १, रुकुम हाेम आइसाेलेशनमा १ र अस्पताल ल्याउँदै गर्दा रुकुमकै एकजनाकाे बाेटाेमा मृत्यु भएकाे छ भने प्रदेश अस्पतालमा ४ जनाकाे मृत्यु भएकाे छ ।
यस्तै २६ गते २ र २८ गते १ जना गरी ३ जनाकाे मृत्यु भएकाे तर रिपोर्टमा छुटेकाकाे बिहीबार निर्देशनालयले समावेस गरेकाे छ ।
हाल सम्म कर्णालीमा काेराेनाबाट मृत्यु हुनेकाे जम्मा संख्या १२९ पुगेकाे छ । दैनिक यसरी काेरानाका बिरामीकाे मृत्यु हुनुमा अक्सिजन अभाव, समयमा अस्पताल नपुग्ने जस्ता समस्या छन् । पछिल्लाे समय हाेम आइसाेलेशनमा रहेकाहरुको मृत्यु हुने गरेकाे छ ।
निर्देशनालयका निर्देशक डा.रविन खड्का भन्छन् - 'अवस्था भयावह बनिरहँदा निषेधाज्ञा लगाइए पनि मान्छेहरुले अझै यसकाे पालना गरेकाे खासै पाइँदैन् । मुख्य कुरा आफै सचेत हुनुपर्छ । यदी काेराेनाकाे लक्षण देखिएकाे खण्डमा समयमानै पीसीअार चेक गर्ने र चिकित्सककाे सल्लाह लिनुपर्छ ,`उनले भने ,´तर, कतिपय बिरामीहरु बिरामी भएर शरिरमा अक्सिजनकाे अभाव भइसकेपछि अस्पताल आउने गर्नुहुन्छ याे अवस्थामा बिरामीलाई बचाउन मुस्किल पर्छ ।`
कर्णालीमा अक्सिजनकाे पनि चरम अभाव छ । अस्पतालमा बेड पाउन मुस्किल छ । मृत्यु हुनेका सबै उमेर समुहका छन् भने महिला भन्दा पुरुषको संख्या धेरै रहेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
सीटीईभीटी तालाबन्दी निषेध क्षेत्र घोषणा