शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का

शुक्रबार, ३१ वैशाख २०७८, १४ : ०८
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौं । दुई ठूला वाणिज्य बैंक हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयर कारोबार शुक्रबारदेखि रोक्का भएको छ । शुक्रबार एक सूचना जारी गर्दै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले दुई बैंकको सेयर कारोबार रोक्का गरिएको जानकारी दिएको हो । 

हिमालय बैंक र इन्भेष्टमेन्ट बैंक एक आपसमा गाभ्ने गाभिने –मर्जर) मा जाने भएपछि बैंकहरुले कारोबार रोक्नका लागि पठाएको पत्र अनुसार दुबै बैंकको कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।  ‘मिति २०७८/१/३० को पत्र अनुसार हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको व्यहोरा अवगत भयो ।

बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६(१) बमोजिम हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयर कारोबार मिति २०७८/०१/३१ गतेबाट रोक्का राखिएको व्यहोरा निर्णयानुसार अनुरोध गरिन्छ’ नेप्सेद्वारा जारी सूचनामा भनिएको छ ।  त्यसो त गत बिहीबार मात्र यी दुई बैंकले एकीकृत कारोबार गर्ने गरी मर्जरमा जान सहमति पत्रमा हस्ताक्षर गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप