बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसद्वारा गुल्मीको जिल्ला अस्पताललाई  ५० सिलिन्डर अक्सिजन सहयाेग

शुक्रबार, ३१ वैशाख २०७८, १३ : ४५
शुक्रबार, ३१ वैशाख २०७८

  गुल्मी , बैशाख ३१ ।  अन्य जिल्लामा जस्तै गुल्मीमा पनि अक्सिजन अभाव हुन थालिरहेको बेला नेपाली काँग्रेस गुल्मीले शुक्रबार जिल्ला अस्पताल तम्घासलाई ५० सिलिन्डर अक्सिजन प्रदान गरेको छ । सभापति भुवनप्रसाद श्रेष्ठले  अस्पतालका मेसु डाक्टर उत्तम पाच्यालाई शुक्रबार अक्सिजन हस्तान्तरण गरेका हुन् ।  अक्सिजनको अभाव भइरहेको बेला नेपाली कांग्रेस गुल्मीले ५० सिलिन्डर अक्सिजन दिएको प्रति डाक्टर पाच्याले धन्यवाद व्यक्त गरेका थिए ।  

बिहीवार साँझ दुई जना संक्रमितलाई अक्सिजन अभाव भए पछि डाक्टर पाच्याले नेपाल पत्रकार महासंघ गुल्मीसँग अक्सिजन माग गरेका थिए । साँझ  पौने १० बजेको समयमा महासंघका अध्यक्ष टोपलाल अर्यालसहितका  पदाधिकारीहरुले यातायात ब्यवसायी किरण कुँवरको गाडी मगाएर अस्पतालमा पुर्याएर आएका थिए । अक्सिजन अभाव हुन नदिन नेपाल पत्रकार महासंघ गुल्मीले अक्सिजन अभियान सञ्चालन गरेको छ । शुक्रबार विहानसम्म झण्डै १९ लाख संकलन भएको छ । ५ लाख रुपैयाँमा २० वटा सिलिन्डर अक्सिजन महासंघले खरिद गरि सकेको छ भने थप खरिद गर्ने प्रकृयामा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप