शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जापानको फुकुसीमामा शक्तिशाली भूकम्प

शुक्रबार, ३१ वैशाख २०७८, १३ : ३६
शुक्रबार, ३१ वैशाख २०७८

टोकियो ।  जापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर शुक्रबार ६ म्याग्‍निच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराइ केन्द्र रहेको उक्त भूकम्प स्थानीय समय अनुसार बिहान ८ बजेर ५८ मिनेटमा आएको थियो । 

उक्त भूकम्पको तिब्रता त्यति बढी नभएको भन्दै विभागले सुनामीको चेतावनी जारी गरेको छैन । भूकम्पीय जोखिममा रहेको जापानमा वर्षभरि सानाठूला भूकम्प गइरहन्छन् । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप