एक सातामा ९३४३ जनाले निषेधाज्ञा तोडे, ४२९९ सवारी साधनमाथि कारवाही

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले एकै सातामा ९ हजार ३४३ मानिसलाई कारवाही गरेको छ । बैशाख २४ देखि ३० गतेसम्म एक साताको अवधिमा उपत्यकामा ४ हजार २९९ वटा सवारी साधनहरु पनि कारवाहीमा परेका छन् ।
सीसीएमसीको सचिवालयका अनुसार काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु भएको दोस्रो साता अर्थात बैशाख २४ गते एक दिनमा १ हजार १६ जनामाथि कारवाही भएको थियो । २५ गते यो संख्या बढेर १६ सय नाघ्यो भने २६ र २७ गते १८ सय नाघ्यो ।
बैशाख २८ गतेदेखि भने उपत्यकामा निषेधाज्ञा तोड्ने मानिसहरुको संख्या घटेको तथ्यांकले देखाएको छ ।
सीसीएमसी सचिवालयका अनुसार निषेधाज्ञा सुरु भएको दोस्रो साता अर्थात बैशाख २४ गते ८१० वटा सवारी साधन कारवाहीमा परेका थिए । त्यसयता दिनको ५ सय बढी सवारी साधनहरु कारवाहीमा पर्दै आएका छन् । बैशाख ३० गते दिउँसो १ बजेसम्म ४५१ सवारी साधनहरु कारवाहीमा परेका छन् ।
निषेधाज्ञा तोडेर बाटोमा निस्केका सवारी साधन र मानिसहरुलाई प्रहरीले केहीबेर सडक किनाराको ‘होल्डिङ’मा राखेर सम्झाई बुझाई घर पठाउने गरेको छ ।
हेर्नुहोस् उपत्यकामा निषेधाज्ञा गर्नेहरुको एक साताको तथ्यांक–
निषेधाज्ञा तोडेर कारवाहीमा परेका मानिस र सवारी साधन
(२०७८ वैशाख २४ देखि ३० गतेसम्म)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा
-
तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी
-
सगरमाथा आरोहण गर्न लागेकी प्रहरी सहायक निरीक्षकलाई ब्यानर हस्तान्तरण
-
प्रधानमन्त्री ओलीले मंगलबार मधेस प्रदेशसभालाई सम्बोधन गर्ने
-
मिडफिल्डर रेणुका नगरकोटे क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कारबाट सम्मानित
-
झापा, इलाम र विराटनगरको पेटिकाबाट बार निर्वाचनको मतगणना सुरु