बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भद्रपुरका आशिष शर्मालाई यूरोपियन युनिभर्सिटीबाट विद्यावारिधी उपाधि प्रदान

शुक्रबार, ३१ वैशाख २०७८, १२ : ११
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौं । भद्रपुरका ३१ वर्षिय आशिष शर्माले इन्टरनेशनल बिजनेस एन्ड मार्केटिङमा व्यावसायिक विद्यावारिधीको उपाधि प्राप्त गरेका छन् । 

सिंगापुर बेभरेज नेपाल प्रालिका संस्थापक तथा प्रबन्ध निर्देशक शर्मालाई फ्रान्सको पेरिस स्थित युरोपियन इन्टरनेशनल युनिभर्सिटी​ले विद्यावारिधीको उपाधि प्रदान गरेको हो । 

माल्दिभ्समा अप्रिल २४ मा आयोजिक विशेष समारोहमा युनिभर्सिटीले शर्मालाई सो उपाधि प्रदान गरेको थियो ।  

नेपालमा सिंगापुर बेभरेजेज प्रालि स्थापना गरी कार्बोनेटेड सफ्ट ड्रिंकको उत्पादन सुरु गरेका शर्माले आफ्ना उत्पादनलाई विश्व बजारमा समेत पुर्याएका छन् । उक्त कम्पनीले सन् २०१९ बाट जिरु र जिरा मसलाको सुरुवात गरेको थियो । जिरु र जिरा मसला जिरा र बिरेनुन मिश्रित सफ्ट ड्रिंकमा आधारित उत्पादन हो जुन नेपालमा लोकप्रिय छ । 

 

सिद्धार्थ शिशु सदन र बिर्तामोडस्थित लिटिल फ्लावर्स इङ्लिस स्कुलबाट विद्यालयको अध्ययन सुरु गरेका शर्माले साउथ एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजबाट बिजनेस एडमिनिस्ट्रेशनमा स्नातक गरेका छन् । 

युवा उद्यमी शर्मालाई टाइम्स इन्टरनेशनल एक्सिलेन्स अवार्ड फर इन्टरनेशनल कर्पोरेट एन्ड बिजनेस एक्सिलेन्स अवार्ड २०२१ बाट पनि सम्मानित गरिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप