मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

डेभलपमेन्ट बैंकर्स संघले भन्यो, वर्क फ्रम होम लागु गरौँ

शुक्रबार, ३१ वैशाख २०७८, १२ : ०७
शुक्रबार, ३१ वैशाख २०७८

कोरोना भाइरस (कोभिड्–१९) को दोस्रो लहरको असर बढ्दै गएपछि डेभलपमेन्ट बैंकर्स संघले पनि आफ्ना सदस्य बैंकलाई कर्मचारीलाई वर्क फ्रम होमबाट कार्य गराउन आग्रह गरेको छ । प्रधान कार्यालयका कर्मचारीहरुलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने र वर्क फ्रम होम को माध्यमबाट कार्य गराँउन संघका अध्यक्ष प्रद्युम्न पोखरेलले आग्रह गरेका छन् । सूचना प्रविधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि आवश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउने व्यवस्था गर्नुपर्ने संघको भनाइछ । संभव भएसम्म डिजिटल बैंकिङ् प्रडक्टहरुबाट बैंकिङ कारोवार गर्न आफ्ना ग्राहकहरुलाई उपलब्ध र संभव भएसम्मका संचार माध्यमबाट अनुरोध गर्नुपर्ने संघको हर छ ।

संघले दिएको पछिल्लो निर्देशन यस्तो छ ।

-      ग्राहक र कर्मचारीको सुरक्षाका लागि उपलब्ध र संभव भएसम्मका अझ थप उपायहरु अवलम्वन गर्ने,

-      प्रधान कार्यालयका कर्मचारीहरुलाई अत्यावश्यक बाहेकका कामका लागि कार्यालयमा नबोलाउने र वर्क​फ्रम होम को माध्यमबाट कार्य गर्ने गराउने,

-      सूचना प्रविधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि अत्यावश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउने,

-      ग्राहकहरुले सम्पर्क व्यक्तिहरु मार्फत गरेका अनुरोध र सुझाबलाई व्यवहारिक तरिकाले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधि भित्र रहेर हल गर्ने,

-      संभव भएसम्म डिजिटल बैंकिङ प्रडक्टहरुबाट बैंकिङ कारोवार गर्न आ—ग्राहकहरुलाई उपलब्ध र संभव भएसम्मका संचार माध्यमबाट अनुरोध गर्ने,

-      आ—आफ्ना ग्राहकहरुलाई परिस्थिति केहि सहज नभए सम्म साना साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन अनुरोध गर्ने,

-      नेपाल राष्ट्र बैंक, सम्बन्धित जिल्ला प्रशासन ÷नेपाल सरकारले दिएको निर्देशन पूर्णतया पालना गर्ने,

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप