शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनुषामा वडाअध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

शुक्रबार, ३१ वैशाख २०७८, ११ : ५५
शुक्रबार, ३१ वैशाख २०७८

धनुषामा एक जनप्रतिनिधिको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिनोद कुमार मण्डलको कोरोनाको कारण मृत्यु भएको मिथिला विहारी नगरपालिकाका नगर प्रमुख अनिलकुमार यादवले जानकारी दिए ।

वडा अध्यक्ष विनोद कुमार मण्डललाई करिब दुई साताअघि ज्वरो, रुघाखोकी सहितको लक्षण देखिएपछि गाउँमै औषधी सेवन गरी निको भएका थिए । 

तर, निको भएको दुई दिनपछि उनी पुनः विरामी परेको नगर प्रमुख यादवले बताए । त्यसपछि उनको उपचार धनुषा अस्पतालमा भएपछि निको भई घर फर्केका थिए । 

त्यसको केहि दिनपछि वडा अध्यक्ष मण्डललाई श्वासप्रश्वासमा समस्या आउन थालेपछि उनको उपचार चन्द्रकला देवी अस्पतालको आईसियु कक्षमा भर्ना गराइएको थियो ।

तर, आज विहान वडा अध्यक्ष मण्डलको मृत्यु कोरोना संक्रमणकै कारण मृत्यू भएको नगर प्रमुख यादवले बताए ।

वडा अध्यक्ष मण्डल जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप