शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लामो समयसम्म 'मिति नसकिने' यी ५ खानेकुरा

शुक्रबार, ३१ वैशाख २०७८, ११ : ४८
शुक्रबार, ३१ वैशाख २०७८

कहिलेकाँही भान्सामा खानेकुराको मिति सकिएका कारण फाल्नुपर्छ । प्याकेटमा राखिएको खानेकुरामा लेखिएको मिति सकिएपछि खानु स्वास्थ्यका लागि बेफाइदाजनक मानिन्छ । 

तर, भान्सामा पाइने केही खानेकुरा कहिल्यै सड्दैन । त्यस्ता खानेकुरामा नुन, मह, चामल, चिनी आदि पर्छन् । 

नुन
दैनिक खानामा प्रयोग हुने नुन कहिल्यै बिग्रिदैन । तर, लामो समयसम्म राख्दा यसमा मिसाइएको आयोडिनको आयु भने निश्चित हुने गर्छ ।

मह
महलाई लामो समयसम्म भण्डारण गरेर राख्न सकिन्छ । यसले ब्याक्टेरियालाई सुख्खा बनाउँछ । मह आफ्नो लागि आफै संरक्षक बन्छ । जसले गर्दा यो लामो समयसम्म बिग्रिदैन । 

सेतो चामल
सही तरिका, हावामा सही सन्तुलन र सही तापमा राखिएको चामल लामो समयसम्म भण्डारण गर्न सकिन्छ । यसमा तेलको मात्रा कम हुने भएकाले लामो समयसम्म राख्दा पनि बिग्रिदैन । 

चिनी
चिनी भान्सामा नभई नहुने खानेकुरामा पर्छ । चिसो र तातोबाट बचाउन सकियो भने चिनी लामो समयसम्म पनि बिग्रिदैन । 

पास्ता 
रिफाइन गरिएको आटा र मैदाबाट बनेका यस्ता खानेकुराहरु लामो समयसम्म पनि बिग्रिदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप