शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गाजापट्टीमा इजरायल–प्यालेस्टाइनबीचको पछिल्लो तनाव कसरी भड्कियो ?

शुक्रबार, ३१ वैशाख २०७८, ११ : २४
शुक्रबार, ३१ वैशाख २०७८

गाजापट्टीमा केही दिनदेखि चलिरहेको भीषण बमबारी बुधबार उच्च थियो, इजरायली फाइटर जेटहरुले प्यालेस्टाइनी सैन्यधारीहरुका क्षेत्र, प्रहरी भवन र अपार्टमेन्टमा समेत बम खसाले ।

सोमबार साँझ आक्रमण सुरु भएयता पछिल्लो अपटेडअनुसार  बालबालिकासहित ११७ जनाको मृत्यु भएको गाजाको स्वास्थ मन्त्रालयले जनाएको छ । ४ सयभन्दा धेरै घाइते छन् । इजरायली सेनाका अनुसार गाजाबाट इजरायलका विभिन्न इलाकामा निशाना साँधेर १५ सयभन्दा धेरै रकेट प्रहार भएका छन् र यसक्रममा ६ जना इजरायलीको ज्यान गएको छ । २०१४ मा गाजामा भएको इजरायली युद्ध यता अहिलेको आक्रमण सबैभन्दा ठूलो हो । कसरी अहिलेको हिंसा निम्तियो ? यस विषयमा जान्नुस् ।

शेख जर्राह विस्थापन

ईजरायलको पूर्वी जेरुसलेम नजिकको शेख जर्राहबाट प्यालेस्टाइनी परिवारलाई जर्बजस्ती हटाइएपछि आक्रोश बढ्दो छ, यी जनताले १९७२ देखि विभिन्न संस्थाहरूद्वारा हालिएका मुद्दाहरु सामना गरिरहेका छन् । प्यालेस्टाइनी परिवार बसेको जमिन वास्तविक रुपमा यहुदीको स्वात्मिवमा रहेको ती संस्थाको दाबी छ । तर जेरुसलेमबाट प्यालेस्टाइनी हटाउने र यसलाई यहुदी बहुसंख्यक यहुदीहरुको शहरका रुपमा परिचित गराउने आधिकारीक इजरायली नीतिको विस्तारितस्वरुपका रुपमा प्यालेस्टाइनीहरुले यस कदमलाई हेरेका छन् ।

योजनाबद्ध विस्थापनले ‘युद्ध अपराध’ निम्त्याउनसक्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ । अप्रिलको अन्त्यदेखि प्यालेस्टाइनी जनता र इजरायली पुलिसबीचको द्वन्द्व निरन्तर बढेको थियो । अक्टुबर २०२० मा इजरायली अदालतले चारवटा प्यालेस्टाइनी परिवारले आफ्नो घर खाली गर्नुपर्ने आदेश सुनाएको थियो, उनीहरुलाई घर छाड्नका लागि २ मेसम्मको समयसीमा तोकिएको थियो । तर अदालतले यो समयसीमा  त्यसयता दुईपटक थपिसकेको छ ।

भर्खरै मात्र रमादनको व्रत तोड्दै इफ्तरको भोजका लागि प्यालेस्टाइनीहरु भेला भएका बेला  त्यहाँ झडप निम्तियो, उनीहरुलाई घरबाट निकालियो । त्यसयता यी परिवारले इजरायलको सर्वोच्च अदालतमा उजूरी दिएका छन् । बिहीबार राति कम्तिमा ३० जना घाइते भए र १५ जना पक्राउ परे ।

अल अक्सा कम्पाउन्डको भीडन्त र भागदौड

शुक्रबार ईस्लामको तेस्रो ठूलो पवित्रस्थल अल अक्सा मस्जिद परिसरमा रमादानको अन्तिम शुक्रबार प्रार्थना गर्नका लागि उपस्थित भएका दशौं हजारले विरोध प्रदर्शन गरे । प्यालेस्टाइनी परिवारलाई जर्बजस्ती निकालिएको विरोधमा यो प्रदर्शन भएको थियो । प्रहरीले रबरको गोली र स्टन ग्रिनेडहरु प्रदर्शनकारीमाथि प्रहार ग¥यो र त्यसको विरोधमा उनीहरुले डुंगा हाने । यस घटनामा २ सय ५ जना प्यालेस्टाइनी र १७ जना इजरायली अधिकारीहरु घाइते भएका थिए ।

हिंसात्मक सप्ताहन्तपछि इजरायली सुरक्षा फौजले सोमबार अल अक्सा कम्पाउन्डमा दंगा मच्चायो, प्रार्थनामा भएकामाथि  फेरि रबरको गोली, टियर ग्याँस र स्टन ग्रिनेड हानियो । अन्तर्राष्ट्रिय स्तरमै निन्दा भएको यस घटनामा ३ सयभन्दा धेरै प्यालेस्टाइनी घाइते भए ।  २० भन्दा धेरै इजरायली अधिकारी पनि घाइते भए ।

त्यही दिन हमासको घोषणा आयो । ईजरायललाई अल अक्सला परिसर र सेख जर्रा वरपरबाट साँझ ६ बजेसम्म आफ्ना सुरक्षाकर्मी हटाउन अल्टिमेटम दिइएको हमासले जनाएको थियो ।

इजरायली हवाई हमला, हमासको रकेट आक्रमण

इजरायली सेनाका अनुसार हमासले मंगलबार बिहानसम्म झन्डै २ सयवटा रकेट इजरायलतर्फ पठाएको थियो, यसमध्ये धेरैलाई ईजरायली आइरन डोम डिफेन्स सिस्टमले असफल बनायो, जेरुसलेममा धेरै निशाना साँधिएको थियो । घटनामा कम्तिमा दुईजना इजरायली मारिए ।

यही दिन इजरायलले गरेको हवाई हमलाले अपार्टमेन्ट भवनहरुसहित अन्य धेरै ठाउँमा निशाना बनायो, घटनामा बालबालिकासहित कम्तिमा २६ जना प्यालेस्टाइनी मारिएको गाजाका स्वास्थ अधिकारीहरुले मंगलबार जानकारी दिए ।

युद्धविरामका लागि अन्तर्राष्ट्रिय आग्रह आएपनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार गाजामा आक्रमणको फ्रिक्वेन्सी अझै बढ्ने घोषणा गरे ।

इजरायलले आक्रमण बढाएमा त्यसको सामना गर्न आफ्नो समूह तयार रहेको हमासका नेता ईस्मेल हानियाले जवाफ दिए । ‘यदी उनीहरु युद्ध चाहन्छन् भने प्रतिरोधका लागि तयार छौँ र यदी उनीहरु आक्रमण बन्द गर्न चाहन्छन् भने प्रतिरोध तयार छ,’ उनले भने ।

मध्यपूर्वका शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक टोर विन्निसल्यान्डले अहिलेको अवस्था ‘पूर्ण स्केलको युद्धतर्फ’ अघि बढिरहेको चेतावनी दिएका छन् ।

स्रोत : अलजजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप