जनताका हक र अधिकारमाथि प्रतिक्रियावादीबाट प्रहार भइरहेको छ: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएका हक र अधिकारमाथि प्रतिक्रियावादीबाट प्रहार भइरहेको बताएका छन् ।
आज मुस्लिम समुदायको चाड इद–उल–फित्रको अवसरमा उनले शुभकामना सन्देश जारी गर्दै परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आह्वान गरेका हुन् । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले विश्वमा भिन्नै मौलिक पहिचान रहेको बताए।
'मुस्लिम समुदायको महान् चाड इद–उल–फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले विश्वमा यसको भिन्नै मौलिक पहिचान रहेको छ,' प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
मौलिक पहिचानका कारण नेपाली जनसमुदायका बीचमा सदियौंदेखि सहिष्णुता र राष्ट्रिय एकताको भावना जागृत भएको उनको भनाइ छ ।बहुधर्म र बहुसँस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेको प्रचण्डले बताए ।
उनले भने, 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधानले नेपाली बहुसंस्कृतिको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको छ ।'
यस्तै उनले विश्वभर फैलिएको कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई सुरक्षित रहन सबैमा आग्रह पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने