शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वरुपाको गीत ‘जसलाई मैले’मा महिलाको बेदना

शुक्रबार, ३१ वैशाख २०७८, ०८ : ४४
शुक्रबार, ३१ वैशाख २०७८

गायिका स्वरुपा रसाइलीको स्वर, राजकुमार सुनारको शब्द तथा वीवी अनुरागीको संगीत रहेको गीत ‘जसलाई मैले’को भिडियो सार्वजनिक भएको छ । 

बुहारी पनि छोरी जस्तै हुन्, उनीहरुलाई पनि छोरीको जस्तै व्यवहार गरौं भन्ने सन्देश दिने गीतको भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् । प्रेम गरेको मानिसले नै साथ नदिएपछि एक महिलाले भोग्ने वेदना समेत भिडियोमा प्रस्तुत गरिएको छ ।

भिडियोमा गौरव पहारी, उत्साहा घिमिरे, विशाल पहारी, कमला रेग्मी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । भिडियोमा फराज अर्पणको छायांकन तथा सम्पादन रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप