विवादकै घेरामा जसपा
सरकार निर्माणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) विवाद बिहीबारसम्म समाधान हुन सकेन । शीर्ष नेताबीचको छलफलमा सरकार निर्माणका लागि सहमति नहुँदा पार्टी विवाद झन् चुलिएको हो । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनमा छन् ।
कांग्रेस, नेकपा (माओवादी केन्द्र)सँग मिलेर सरकार बनाउने भट्टराई र यादव प्रयास असफल भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले अन्तिम समयसम्म अडान नछोडेपछि भट्टराई–यादव योजना असफल बनेको छ । बिहीबार दिनभर भेटघाट–छलफलमा व्यस्त नेताबीच कुनै सहमति हुन सकेनन् । स्रोतका अनुसार ठाकुर–महतो समूह प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नउभिएपछि भट्टराई र यादव योजना ‘फेल’ भएको हो ।
शीर्ष नेतासँगको छलफल पश्चात् ठाकुर र महतोले आफूनिकट सांसदसँग भक्तपुरको एक रिसोर्टमा लगेर छलफल गरे । उनीहरूले कांग्रेससँग सत्ता सहकार्य नहुने भन्दै संसद्मा तटस्थ बसेको प्रस्ट पारे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिनै लाग्दा जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले बिहीबार साँझ प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगे ।
त्यसअघि उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवा भेटेर सरकार निर्माणमा सहकार्य गर्न नसकिने जवाफ दिएका थिए । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकले समेत यही निष्कर्ष निकाल्दै बहुमतीय सरकार बनाउने सम्भावना नरहेको जनाएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु