सेनाको टोलीद्वारा आमादब्लम हिमालको सफल आरोहण
बिहीबार, ३० वैशाख २०७८, २२ : ०८

काठमाडौं । नेपाली सेनाका सहसेनानी अर्जुन खत्री, हुद्दा प्रकाश कार्की र प्युठ सन्तोष गुरुङसहित फुरी ग्याल्जेन शेर्पा र पासाङ तेन्जी शेर्पाको टोलीले आमादब्लम हिमाल आरोहण गरेको छ । आरोहण टोली बुधबार राति आमादब्लमको क्याम्प सेकेन्डबाट हिमालको चुचुरोतर्फ प्रस्थान गरेको थियो ।
‘सफा हिमाल अभियान–२०२१’ का दौरानसँगै क्याम्पको फोहोर सफा गर्ने क्रममा उक्त टोली ६ हजार ८ सय १२ मिट अग्लो हिमालको चुचुरोमा पुगेको हो । सेनाका अनुसार वैशाख १२ गतेबाट सगरमाथासहित ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यले यो अभियान थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन