बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेनाको टोलीद्वारा आमादब्लम हिमालको सफल आरोहण

बिहीबार, ३० वैशाख २०७८, २२ : ०८
बिहीबार, ३० वैशाख २०७८

काठमाडौं । नेपाली सेनाका सहसेनानी अर्जुन  खत्री, हुद्दा प्रकाश कार्की र प्युठ सन्तोष गुरुङसहित फुरी ग्याल्जेन शेर्पा र पासाङ तेन्जी शेर्पाको टोलीले आमादब्लम हिमाल आरोहण गरेको छ । आरोहण टोली बुधबार राति आमादब्लमको क्याम्प सेकेन्डबाट हिमालको चुचुरोतर्फ प्रस्थान गरेको थियो । 

‘सफा हिमाल अभियान–२०२१’ का दौरानसँगै क्याम्पको फोहोर सफा गर्ने क्रममा उक्त टोली ६ हजार ८ सय १२ मिट अग्लो हिमालको चुचुरोमा पुगेको हो ।  सेनाका अनुसार वैशाख १२ गतेबाट सगरमाथासहित ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यले यो अभियान थालिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप