शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बहुमतको सरकारका लागि दाबी पेस भएन : राष्ट्रपति कार्यालय

बिहीबार, ३० वैशाख २०७८, २१ : ३३
बिहीबार, ३० वैशाख २०७८

बिहीबार साँझ नौ बजेको समय सीमाभित्र कुनै पनि दलले बहुमतको सरकारको लागि दाबी पेश नगरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न आह्वान गरेकी थिइन् । 

तर, विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेपछि समयावधिभित्र दाबी पेस गर्न सकेन । तीन दिनको यो अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले भगीरथ प्रयास गर्दा पनि बहुमत प्रमाणित गर्न सकेनन् । अन्ततः उनीहरु प्रधानमन्त्रीको दाबी गर्न नजाने निष्कर्षमा पुगेका छन् । अब ७६ (३) बमोजिम केपी ओलीले नै सबैभन्दा ठूलो हैसियतले सरकार गठन गर्न पाउनेछन् ।  दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप