बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

विराटनगरमा कोरोना संक्रमणबाट आमा-छोराको मृत्यु

बिहीबार, ३० वैशाख २०७८, २० : १४
बिहीबार, ३० वैशाख २०७८

विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा एक आमा–छोराको मृत्यु भएको छ ।  उनीहरुको एकदिन अघिपछि संक्रमणका कारण मृत्यु भएको हो । विराटनगर महानगरपालिका–३ की ६० वर्षीया आमा र ४२ वर्षीय छोराको उपचारको क्रममा मृत्यु भएको हो । बुधबार आमाको मृत्यु भएको थियो भने बिहीबार अपरान्ह छोराको पनि मृत्यु भएको वडाध्यक्ष विनोदकुमार बस्नेतले बताए ।

बस्नेतका अनुसार बैशाख १६ गते कोरोना सङ्क्रमण पुष्टि भएकी आमाको उपचारका क्रममा विराटनगर अस्पतालमा बुधबार साँझ ७ः३० बजे मृत्यु भएको थियो । छोराको बिहीबार दिउँसो करिब २ बजे मृत्यु भएको हो । कोरोना सङ्क्रमण पुष्टि भएपछि आमा छोरालाई नै विराटनगर अस्पताल विराट नर्सिङ्होममा भर्ना गरिएको थियो । मारवाडी समुदायका उनीहरु  सुनचाँदी व्यवसायमा आबद्ध  छन्।

बुधबार राति मृत्यु भएकी आमालाई घाटमा अन्त्येष्टिका लागि कान्छा छोराले लिएर गएका थिए । आमाको अन्त्येष्टि नसकिँदै उनका ४२ वर्षे दाजुको पनि मृत्यु भयो । आमाको अन्त्येष्टिका लागि बिहिबार अपरान्ह घाटमा लगेर  चिता  जलाउने तयारी भइरहँदा अस्पतालमा छोराको पनि मृत्यु भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप