उपत्यकामा चार एकीकृत आइसोलेसन केन्द्र प्रस्ताव
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना विरुद्धको लडाईँमा जनतालाई राहत हुने गरी सङ्घीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी साथ दिन काठमाडौं उपत्यका मेयर फोरमलाई आग्रह गरेका छन् ।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार काठमाडौं मेयर फोरमका पदाधिकारीको बैठकमा कोभिड संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेलले कोरोनाविरुद्धको लडाईँमा जनताको जीवन रक्षामा जुट्न आग्रह गरे । राज्यका सबै तहको एकीकृत प्रयास र नागरिकको सकारात्मक सहयोगबाट मात्रै यो लडाईँमा सफलता मिल्ने उनले बताए ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ समेतको सहभागिता रहेको बैठकमा उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा मेयर फोरमका सचिव समेत रहेका मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको सहभागिता रहेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
मेयर फोरमले उपत्यकाका चार ठाउँमा एकीकृत रुपमा आइसोलेशन केन्द्र संचालन गर्ने प्रस्ताव गरेको छ । यसैगरी, अक्सिजनको आपूर्तिमा अहिले देखिएको समस्या समाधानका लागि मेयर फोरमले पहलकदमी लिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमान भन्छन्– प्राविधिक समस्याका कारण उद्योगहरूमा विद्युत् कटौती गर्नुपरेको हो, लोडसेडिङ हुँदैन
-
बाँकेमा लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
-
फाल्गुनन्द गोल्डकपको तयारी पूरा
-
भारतीय क्रिकेटर अश्विनले लिए सन्न्यास
-
भारतीय क्रिकेटर अश्विनले लिए सन्न्यास
-
देश र जनताका पक्षमा कलम चलाउन उपाध्यक्ष भुसालको आग्रह