शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिटिजन लाइफका ग्राहकलाई क्लिनिकल वानले दिनेछ प्रि र पोष्ट कोभिड सेवा

बिहीबार, ३० वैशाख २०७८, १९ : ४०
बिहीबार, ३० वैशाख २०७८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र क्लिनिकल वान काठमाडौं बीच कोभिड १९ अगाडि र पछाडिका सेवा सम्बन्धी साझेदारी भएको छ । 

हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ को दोश्रो लहरले निषेधाज्ञा जारी भएसँगै सर्वसाधारणहरूको जनजीवन र स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारेकोले कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागि स्वास्थ्य सेवा दिने सम्वन्धी समझदारी भएको हो । 

अहिलेको यस विषम परिस्थितीमा सर्वसाधारण व्यक्तिहरुको डाक्टरसम्म सहज पहुँच नपुगी रहेको परिप्रेक्षमा यस कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागी स्वास्थय सम्वन्धि आवश्यक सहयोग पु¥याउने उद्देश्यले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन केयर सुविधा अन्तर्गत क्लिनिक वानसँग कोभिड १९ प्रि र पोष्ट सेवा दिनेबारे सम्झौता गरेको कम्पनीले जनाएको छ ।

उक्त सम्झौता अनुसार सिटिजन लाइफसँग सम्वन्ध व्यक्तिहरुले उक्त क्लिनिकबाट पूर्णकालिन आवश्यक सेवाहरु विशेष छुटमा लिन सक्ने पनि कम्पनीले जनाएको छ ।

कोभिड केयर सेवा मार्फत अनलाइन स्वास्थ्य परामर्श, विषेशज्ञ डाक्टरको परामर्श सेवा, घरमा नर्सिङ केयर सेवा, एम्बुलेन्स सेवामा समन्वय, ल्याब टेस्ट, घरमै पि.सि.आर टेस्ट, विभिन्न खोपको लागी व्यवस्था, रगत परिक्षण तथा डाक्टरको परामर्श सेवा, आवश्यकता अनुसार औषधीको घरमा डेलिभरी र उपचारमा सहयोग आदि सुविधाहरु पाईनेछ । यसको लागी कम्पनीले चौविसै घण्टा सम्पर्क र सेवा लिनको लागि हटलाइन फोन नं.को व्यवस्था गरिएको पनि जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप