शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा कोरोनाबाट थप ३ जनाको मृत्यु

बिहीबार, ३० वैशाख २०७८, १९ : १८
बिहीबार, ३० वैशाख २०७८

रौतहट । रौतहटमा बिहिबार कोरोना संक्रमणको कारण थप ४ जनाको ज्यान गएको छ ।  सदरमुकाम गौरस्थित  जिल्ला अस्पतालमा उपचारको क्रममा थप ३ जना संक्रमितको मृत्यु भएको हो ।  बिहीबारसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० पुगेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् ।

 जिल्ला अस्पताल गौरमा भएको १३९ जनाको पिसिआर परीक्षणमा ५६ जनामा संक्रमण देखिएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५९६ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप