बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेता सलमान खान अभिनित ‘राधे’ क्लियर टीभीको मुभी अन डिमान्डमा

बिहीबार, ३० वैशाख २०७८, १९ : ०९
बिहीबार, ३० वैशाख २०७८

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले क्लियर टीभीको मुभी अन डिमान्ड मार्फत सलमान खान अभिनित ‘राधे’ प्रसारण गरेको छ । प्रभु देवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ ।

बिद्यमान परिस्थितिमा  सबैजना घरमै रहेको अवस्थामा यसले केही हद सम्म ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्ने छ । मे १३ मा विश्व भर औपचारिक रुपमा प्रसारण हुने उक्त फिल्म क्लियर टीभीको च्यानल नं १११(एच डी) र ११२ (एस डी) मुभी अन डिमान्डमा प्रसारण हुने सुविसुले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप