शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ सरकार गठन प्रक्रियाबारे अन्योलमा माओवादी केन्द्र (भिडियो सहित)

बिहीबार, ३० वैशाख २०७८, १८ : ५३
बिहीबार, ३० वैशाख २०७८

काठमाडौं । माओवादी केन्द्रले झलनाथ खनाल र माधवकुमार नेपालको औपचारिक निर्णयपछि मात्रै नयाँ सरकार गठन प्रक्रियाबारे निर्णय गर्ने जनाएको छ । आकस्मिक रुपमा बसेको सो पार्टीको स्थायी समिति बैठककै बीचमा निस्केर नेता नारायणकाजी श्रेष्ठले खनाल नेपाल समूहको निर्णयपछि मात्रै सरकार गठनबारे औपचारिक धारण सार्वजनिक गर्ने बताएका हुन् । 

‘नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षको निर्णय पर्खेर र बसेका छौ । उहाँहरुले के निर्णय दिनुहुन्छ स्पष्ट भएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रियामा जाने कि नजाने को विषयमा औपचारिक निर्णय गर्छौ’ नेता श्रेष्ठको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप