
शीतलनिवास जाने नजानेबारे निर्णय लिन देउवा र उपेन्द्रबीच भेट हुँदै
अहिलेसम्म संकट नै दिएको छ : महत

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग निर्णायक छलफल गर्ने भएका छन् । काँग्रेसको पदाधिकारी बैठकमा देउवाले यादवसँगको छलफलपछि आगामी रणनीति तय गर्ने बताएका सहमहामन्त्री प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिए ।
महतका अनुसार छलफलका लागि यादव देउवा निवास बूढानीलकण्ठ जाँदै छ । देउवा र यादव बीचको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सामेल हुने उनको भनाई छ । माओवादीको स्थायी कमिटी सकिएपछि प्रचण्ड पनि देउवा निवास जाने छन् । तीन नेताबीच छलफल गरेर बहुमतको सरकार निर्माणका लागि माग दाबी पेस गर्ने नगर्ने तय हुने महतले बताए ।
उनले भने, ‘परिस्थिति अनुकूल बनेको अवस्था छैन । परिस्थिति अनुकूल बनेपछि अगाडि बढ्ने हो । अहिलेसम्म त्यो भएको छैन । संकट नै देखिएको छ ।’ अब सरकारका लागि दाबी पेस गर्नुहुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने, ‘यादवजी आउँदै हुनुहुन्छ । सरसल्लाह गरेर गर्छौं । त्यसको अर्थ हुने गरेर दाबी पेस गर्ने हो । अर्थ नै नहुने गरी दाबी पेस गर्न कुरा भएन ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- May 13, 2021, 7:12 p.m. Baburam pandeyमच्चियो मच्चियो थच्चियो ।
- 0 Reply
कमेन्ट गर्नुहोस्
तपाईको ईमेल गोप्य राखिनेछ
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।