ओलीसँगको भेटवार्तापछि माधव नेपालले भने- हाम्रो राजीनामा दुईचार दिन टर्यो (भिडियो सहित)
काठमाडौं । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदको राजीनामा टरेको बताएका छन् । अध्यक्ष ओलीसँग झण्डै चार घण्टा छलफल गरेपछि नेता माधवकुमार नेपालले राजीनामाको कुरा केही दिनलाई टरेको बताएका हुन् ।
‘हामी दुईजना बीच कुराकानी हुँदा पार्टी भित्रकै विषयमा छलफल भए । छलफलमा फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसलाअनुसार जेठ २ गतेको अवस्थामा फर्कने बारेमा कुरा भएको छ । छलफल जारी छ’ नेता नेपालको भनाई छ । त्यस्तै उनले आज आफ्नो समूहका सांसदहरुले दिने भनेको राजीनामा पनि टरेको बताए । उनकाअनुसार अब एमाले विवाद समाधानतर्फ अघि बढेको छ ।
‘बैशाख २६ गते केपी ओलीलाई पठाएको पत्रमा ६ बुँदे जे विषयवस्तु अघि सारेको थिएँ, त्यसमा छलफल गरियो’ ओलीसँगको भेटवार्तापछि नेता नेपालले भने, ‘फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसला बमोजिम पार्टीलाई जेठ २ गतेको अवस्थामा पुर्याउने सहमति भएको छ ।’
त्यस्तै उनले पार्टीलाई नयाँ ढंगले अघि बढाउने विषयमा छलफल जारी राख्ने भन्ने कुरा भएको र कुरा जारी रहेको पनि बताए । त्यस्तै उनले समस्या समाधान गर्न कार्यदल बनाएर सहमतिका आधारमा टुंगो लाग्ने नेता नेपालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण